कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटौलालाई सिट बाँडफाँड कार्यदलको संयोजकको जिम्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् । 

सिटौलालाई सिट बाँडफाँड कार्यदलको संयोजकको जिम्मा

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो कार्य दलको संयोजन गर्ने जिम्मेवारी कांग्रेस पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो । कार्य दलको बैठकको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘आज कार्यदलको बैठक लामै समय रह्यो । र, सबै साथीहरुले आ–आफ्नो दृष्टिकोणहरु राख्नु भएको छ । बैठक सकारात्मक रूपले आजलाई स्थगन भएको छ । र, २६ गते ४ बजे फेरि बैठक बसेर थप छलफललाई अगाडि बढाउँछौं । र, आजको बैठकमा यसलाई व्यवस्थित बनाउनका निमित्त हामीले एउटा संयोजक तय गरेका छौं । आजको बैठकले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मेवारी दिएका छौं । र, आजको बैठक सकारात्मक रुपमा अन्त्य भएको छ,’ उनले भने ।

कार्यदलको अर्को बैठक यही साउन २६ गते अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा सबै दलका नेताहरुले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणाहरु प्रस्तुत गरेका थिए । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढने विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?