सत्ता गठबन्धन नै एमालेको विजयको आधार : नेम्वाङ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता गठबन्धन नै एमालेको विजयको आधार : नेम्वाङ

दुर्गालाल केसी

दाङ — नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धन नै एमालेको विजयको आधार भएको बताएका छन् । एमालेविरुद्ध गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा पुग्नु नै एमालेको आधा विजय भएको उनले बताए ।

 घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङ । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर 

यो दूषित गठबन्धन भएको आरोप लगाउँदै उनले एमाले जनताको विश्वास गरी मैदानमा उत्रिएको बताए । अहिले देशभर निर्वाचनकेन्द्रित अभियान चलाएको उनले बताए ।

प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले एमालेले आवश्यक परे गठबन्धन गर्नसक्ने तर दूषित गठबन्धन नगर्ने बताए । अहिले विचार र सिद्धान्त नमिल्ने दलहरूबीच सत्ताका लागि मात्रै गठबन्धन भएकाले यो दूषित भएको उनको भनाइ थियो । सरकारले गरेका गलत कामहरूको फैसला निर्वाचनबाट जनताले गर्ने उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

अखबार

राजेन्द्र शलभ

बिहानै आइपुग्छुतिम्रो घरमाचाहे तिमीले पसलबाट ल्याऊवा हकरले फालेर जाओस्केही चाख मानेरतर, धेरै दिक्क मानेर पढ्छौचियासँगै मेरा पानाहरु पल्टाएरतिमी आफूलाई अपडेट बनाउँछौकेही समाचार त श्रीमतीलाई पनि सुनाउँछौ ।

...

पढिसकेर थन्क्याउँछौ एकातिर

अनि केही पोको पार्न

वा ऐना सफा गर्न निकाल्छौ

तैपनि उब्रिएँ भने

कुनै कबाडीलाई बेचेर

केही रूपैयाँ असुल्छौ मेरो नाममा ।

...

अचेल अनलाइन भन्ने

सौता भित्रिएकी छे मेरो संसारमा

मलाई हेप्न थालेका छन्, मान्छेहरु

नढाँटी भन त–

के अझै पनि तिमीलाई मन लाग्दैन

मलाई स्पर्श गर्न

र, एकफेर मात्र होइन

घरीघरी प्रयोग गरिरहन ?

प्रकाशित : श्रावण २१, २०७९ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×