स्वास्थ्यमन्त्री खापुङलाई गगन थापाका तीन सुझाव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यमन्त्री खापुङलाई गगन थापाका तीन सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य बीमाको दायरा कम्तीमा १० लाख बनाउन सुझाव दिएका छन् । थापाले बिहीबार मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री खापुङसँग भेटवार्ता गरी स्वास्थ्य क्षेत्रको सेवा सुधार र विस्तारका लागि तीन सुझाव दिएका हुन् ।

सचिवालयका अनुसार भेटमा स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल भयो । तर‚ महामन्त्री थापाले भेटमा स्वास्थ्यमन्त्री खापुङलाई तीन सुझाव दिएको सार्वजनिक गरेका छन् ।

थापाले स्वास्थ्यमन्त्री खापुङलाई स्वास्थ्य बिमाको दायरा कम्तीमा १० लाख बनाउन सुझाव दिएको बताएका छन् । उनले सेवालाई सहज र गुणस्तरीय बनाउन र जनशक्ति-पूर्वाधार व्यवस्थापनका लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन गर्न समेत सुझाव दिएको बताए ।

'स्वास्थ्य बीमाको सन्दर्भमा आज स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर स्वास्थ्य बिमाको दायरा कम्तीमा १० लाख रुपैयाँको बनाउन, सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति-पूर्वाधार व्यवस्थापनका लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयनलगायत विषय राखेको छु । विश्वास छ, मन्त्रीज्यूको सकारात्मक पहल लिनुहुनेछ,' महामन्त्री थापाले सामाजिक सन्जालमार्फत भनेका छन् ।

प्रकाशित : श्रावण १९, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्‍यो : एमाले उपाध्यक्ष नेम्वाङ

अमृता अनमोल

बुटवल — नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको बताए ।  

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दबाब र एमालेको माग थेग्न नसकेर सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरे पनि एमाले खुसी भएको स्पष्ट पारे ।

उनले मंसिर ४ गते निर्वाचनमा सम्पूर्ण बहिखाता बोकेर निर्वाचनमा जाने बताए । ‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’ उनले भने, ‘निष्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने छ ।’

उपाध्यक्ष नेम्वाङले एमालेको आधिकारिक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको बताए । अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मूल्यमान्यताविपरीत नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताए । ‘सत्तापक्ष प्रतिपक्षका विरुद्ध धुलोपिठो पार्छु भन्दै हिँडेको छ,’ उनले भने, ‘यस्तो संसदीय व्यवस्थामा दुनियाँमा कतै हुँदैन ।’

प्रकाशित : श्रावण १९, २०७९ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×