कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावका लागि सबै ढंगले तयार छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोग सबै ढंगले तयार रहेको बताएका छन् । उनले कानुनबमोजिम १२० दिनको निर्वाचन अवधि माग गरिएको भए पनि आयोगको परामर्शमै सरकारले निर्वाचनको मिति तोकेको भन्दै चुनावका लागि आयोग सबै ढंगले तयार रहेको बताए ।

चुनावका लागि सबै ढंगले तयार छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

‘सरकारले मंसिर ४ का लागि चुनावको मिति तोकेको छ । यो आकस्मिक होइन, अपेक्षित हो । आयोगको परामर्शमै भएको निर्णय हो,’ थपलियाले इकान्तिपुरसँग भने, ‘हामी मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्न सबै ढंगले तयार छौँ ।’

उनले आयोगले पहिल्यैदेखि आन्तरिक रुपमा तयारीलाई गति दिएको भन्दै अब मिति घोषणापछि त्यसलाई औपचारिकता दिइने बताए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेको छ ।

सरकारले तोकेको निर्वाचनको मिति आउन अब १०७ दिन बाँकी छ । जबकी कानुनले नै निर्वाचनको मिति तोक्दा मतदान हुने दिनअघि १२० दिन निर्वाचन अवधि हुनुपर्ने भनेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले १०७ दिनको मात्रै अवधि हुँदा समेत आयोग निर्वाचन गराउन सक्षम र पूर्वतयार रहेको बताएका छन् ।

उनले त्यसबारे आयोगले बिहीबारै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । निर्वाचन आयोग ऐन, २०७३ को दफा २ (झ) मा निर्वाचन हुने मितिभन्दा एक सय २० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनी परिभाषित गरेको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?