कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हल्कादेखि मध्यम वर्षाको सम्भावना

रासस

काठमाडौँ — देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनका अनुसार अबको दुई तीन दिन लगातरको भारी वर्षाको सम्भावना भने रहेको छैन ।

न्यून चापीय रेखा सरदर स्थानबाट दक्षिणतिर सर्ने क्रममा रहेकाले अबको केही दिन मनसुनी गतिविधि कम हुने बताइएको छ । हाल देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तर गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शुक्रबार पनि मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २७ डिग्री र अधिकतम् तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?