कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको जलस्रोतमाथि विदेशी अधिपत्य निम्त्याउने मात्रिकाप्रसाद हुन् : केपी ओली

'मात्रिकाप्रसाद कोइरालाले गरेका कुकर्म इतिहासले कहिल्यै बिर्सन सक्दैन । नेपालको जलस्रोतमाथि विदेशी अधिपत्य जमाउने कामको सुरुआत मात्रिकाले गरेका थिए । कांग्रेसलाई प्रजातान्त्रिक किन भनिएको हो बुझ्न सकेको छैन । मात्रिका सरकारले भारतीय फौज झिकाएर भीमदत्तको हत्या गरेको थियो ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसले देशद्रोही पार्टी भएको आरोप लगाएका छन् । मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले भारतीय फौज झिकाएर सहिद भीमदत्त पन्तको हत्या गरेको उनको आरोप छ।

नेपालको जलस्रोतमाथि विदेशी अधिपत्य निम्त्याउने मात्रिकाप्रसाद हुन् : केपी ओली

नेपाली कांग्रेसका तत्कालीन नेता मात्रिका प्रसाद कोइरालाको सरकारले २०१० साल साउनमा भीमदत्तको हत्या गरेको उनको आरोप थियो । यस्तै उक्त सरकारले नेपालको जदस्रोतमाथि विदेशीको अधिपत्य जमाउने कामको सुरु पनि मात्रिका सरकारले नै सुरु गरेको उनको आरोप थियो ।

यस्तै कांग्रेस सरकारले नेपाली कम्युनिस्टमाथि ४ वर्षसम्म प्रतिबन्ध लगाएको भन्दै त्यसप्रति रोष प्रकट गरेका थिए । नेता ओलीले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी नभएको पनि दाबी गरेका थिए । 'कांग्रेसलाई किन प्रजातान्त्रिक भनिएको हो म बुझ्दिन । उसको नाम पनि प्रजातान्त्रिक छैन । विचार पनि छैन । जनपक्षीय पनि छैन,' अध्यक्ष ओलीले भने ।

यस्तै मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यस क्रममा उनले मात्रिकाप्रसाद कोइरालाले गरेका कुकर्म इतिहासले कहिल्यै बिर्सन नसक्ने बताए ।

'यस्ता कुकर्म कांग्रेसले सजिलै गर्छ। उनलाई लाज शरम नै छैन,' अध्यक्ष ओलीले भने । कांग्रेसले विगतदेखि नै देशभक्तमाथि दमन गर्दै आएको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण १७, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?