कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण 

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् । मन्त्री शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करलगायत कर्मचारीले स्वागत गरे ।  

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण 

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् । बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा तानिएका शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले राजीनामा दिएका थिए ।

उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । संसदीय समितिको छानबिन सकिएपछि शर्माले पुनर्नियुक्ति पाएका हुन् ।

प्रकाशित : श्रावण १५, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?