२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३
मेयर सम्मेलन

महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — ६ वटा महानगरपालिकाका मेयरहरूले महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न संघीय संसद्‌लाई अनुरोध गरेका छन् । पोखरामा शुक्रबारदेखि सुरु भएको मेयर सम्मेलनबाट एक संयुक्त घोषणापत्र जारी गर्दै सम्पूर्ण महानगरका मेयरहरूले स्थानीय सरकार सञ्चालनार्थ निर्माण गरिएका कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण र महानगरपालिकाका लागि छुट्टै ऐन निर्माण गर्न अनुरोध गरेका हुन् । 

महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध

उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषयसँग सम्बन्धित विद्यमान संघीय कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण गर्न र महानगरपालिकाहरूका छुट्टै ऐन जारी गर्न संघीय संसद्‌लाई आग्रह गरेका हुन् ।

‘संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान सङ्घीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसद्‌बाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं‚’ महानगरपालिकाका मेयरहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसका साथै उनीहरूले महानगरपालिकाहरूका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरूलाई सम्मान र सम्बोधन गर्दै महानगरहरूबीच पारस्परिक सम्पर्क-सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई महानगर मञ्च नेपालको माध्यमद्वारा संस्थागत गर्ने निर्णय गरेका छन् ।

प्रकाशित : श्रावण १५, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?