कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

विज्ञ भन्छन्- 'नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भयो'

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन् ।

विज्ञ भन्छन्- 'नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भयो'

ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपालबारे अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो औंल्याएका हुन् । यस्तै उनले एमसीसी अनुमोदनको क्रममा ल्याइएको व्याख्यात्मक टिप्पणीलाई लाज छोप्ने आधार भन्दै टिप्पणी गरे ।

यस क्रममा सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको हो कि भन्दै उनले आशंका गरेका थिए । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी पनि भित्रभित्रै फरक नाममा ल्याउन लागिएको भन्दै आशंका व्यक्त गरेका थिए ।

'सरकारले नागरिकलाई एसपीपीको बारेमा जानकारी नगराउनु र एसपीपीको बारेमा मन्त्रीपरिषद्ले निर्णय गरेपछि पनि पत्र नपठाउनुले देशको असंलग्न परराष्ट्र नीतिमा विचलन आउनसक्ने आशंका छ,' केसीले भने ‘नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै छ । एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा विवादास्पद छ । हुनतः व्याख्यात्मक टिप्पणी भन्ने एउटा लाज छोप्ने आधार ल्याएको छ । तर आईपीएसको अंग हो वा होइन भन्ने कुरा अझै विश्वस्त भएका छैनौँ ।'

यस्तै केसीले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीहरुको बाक्लिँदो नेपाल भ्रमणले जनतामा विभिन्न संशय पैदा गरेको पनि बताएका थिए ।

प्रकाशित : श्रावण १३, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×