कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादीले प्रदेशस्तरीय बैठकको मिति फेर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्वनिर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडााडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्वनिर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

माओवादीले प्रदेशस्तरीय बैठकको मिति फेर्‍यो

पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगमी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको बताए ।

प्रवक्ता महराले बैठकले प्रदेश १ को साउन २६ गते, मधेस प्रदेशको बैठक भदौ २ गते, लुम्बिनी प्रदेशको साउन २९ गते र सुदूरपश्चिमको बैठक भदौ ४ गते बस्ने बताए । प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने उनले बताए ।

‘हामी फेरि १५ गते ३ बजे बस्छौं । अध्यक्ष कमरेड नेपाली जनप्रगतिशील मञ्चका निम्तोमा जापान जाँदै हुनुहुन्छ २१ गते । २१ देखि २५ गतेसम्म उहाँको जापान भ्रमण हुने भएकोले हामीले पहिला निर्धारित प्रदेशका बैठकहरुको बारेमा जुन तालिका थियो त्यो परिवर्तन गरेका छौं,'उनले भने, '२० गते, २२ गते र २४ गतेको कार्यक्रम परिवर्तन गरेका छौं । मधेस प्रदेशको पहिला २९ गते हुने थियो २ गते सारियो, प्रदेश १ को २६ गते हुने भयो । लुम्बिनी प्रदेशको २४ गते थियो, २९ गते हुने भयो । सुदूरपश्चिमको २८ गते थियो ४ गते हुने भयो । प्रवासको ६ गते र विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको ८ गते हुन्छ ।’

पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।

प्रकाशित : श्रावण १३, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?