कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

काठमाडौंमै फोहर व्यवस्थापन गर्न योजना बनाउँदैछौं : मन्त्री चौधरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहर व्यवस्थापनको योजना बनाउने बताएका छन् । बुधबार मन्त्री चौधरीले एक महिनाको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै फोहर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमै फोहोर व्यवस्थापनको योजना अघि बढाउने तयारी गरिरहेको बताए ।

काठमाडौंमै फोहर व्यवस्थापन गर्न योजना बनाउँदैछौं : मन्त्री चौधरी

उनले अहिलेसम्म नागरिकबाट फोहरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।

उनले ल्यान्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको पनि बताए । फोहोरबाट काठमाडौंभित्रै मल, बिजुली, ग्यासलगायत वस्तु उत्पादन गर्ने पनि बताए । देशभर बञ्चरेडाँडा र सिसडोल खोज्ने काम बन्द गरेर अब फोहोरलाई मोहोरमा बदल्ने रणनीति बनाउनुपर्ने उनको भनाइ थियो ।

‘बञ्चरेडाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौं । बञ्चरेडाँडा, सिसडोलभन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् । त्यसलाई हामी रोक्छौँ । उनीहरूलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौं,' मन्त्री चौधरीले भने, 'विद्यार्थीहरूमा पनि यसको असर परेको छ । आजबाट ल्यान्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ । यसको ठाउँमा अर्को मल, बिजुली, ग्यास बन्ने प्रोजेक्टको खोजी गरौँ ।'

प्रकाशित : श्रावण ११, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?