कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रेडक्रसकर्मीको भेला - 'नेपाल रेडक्रस ऐन जारी गरियोस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — रेडक्रसकर्मीहरुको राष्ट्रिय भेलाले नेपाल रेडक्रस सोसाइटीमा जारी गतिरोधको अन्त्य गरिदिन सरकारसँग माग गरेको छ । नेपाल रेडक्रस सोसाइटी वाग्मती प्रदेश समितिले मंगलबार गरेको राष्ट्रिय भेलाले १० बुँदे विभिन्न प्रस्तावहरु पारित गर्दै नेपाल रेडक्रस सोसाइटी ऐनमार्फत सञ्चालन हुनु उपयुक्त हुने भन्दै तत्काल नेपाल रेडक्रस सोसाइटी ऐन जारी गर्न सरकारसँग माग गरेको छ । 

रेडक्रसकर्मीको भेला - 'नेपाल रेडक्रस ऐन जारी गरियोस्'

भेलाले रेडक्रसमा अब ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने, सबै तहका कार्यसमितिको कार्यकाल ४ वर्षे हुने र एकै व्यक्ति लगातार दुई कार्यकालमात्र पदमा बस्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

भेलाले सोसाइटीको विधानबमोजिम केन्द्रीय कार्यसमितिको निर्वाचन सहमतिको आधारमा गर्ने गरी वातावरण तय गर्न तीन सदस्यीय सहजीकरण समिति गठन गरेको छ । समितिको संयोजकमा मोहनप्रसाद पोखरेल रहेका छन् भने सदस्यहरुमा रघुवर चौप्रधान र जयप्रकाश श्रेष्ठ रहेका छन् ।


प्रकाशित : श्रावण १०, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×