कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९
अर्थमन्त्री प्रकरण

एमालेतर्फका समिति सदस्यले भने- 'सत्तापक्षले प्रमाण लुकायो'

'छानबिन सक्यौं, अब प्रतिवेदन लेखनमा लाग्छौं'
कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएका छन् । सिंहदरबारमा मंगलबार बसेको विशेष समिति बैठकपछि ती सदस्यले सत्तापक्ष कांग्रेस, माओवादी केन्द्रका समिति सदस्यहरुले प्रमाण लुकाएको आरोप लगाएका हुन् । ती सदस्यले भने, 'सत्तापक्षले प्रमाण लुकायो, समितिले तथ्य पत्ता नलगाई प्रतिवेदन दिने भएको छ ।'

एमालेतर्फका समिति सदस्यले भने- 'सत्तापक्षले प्रमाण लुकायो'

समितिको मंगलबार बसेको बैठकले सीसीटीभी फुटेज हेरेको र अब प्रतिवेदन लेखनमा लाग्ने सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । 'विशेष समितिको आजको बैठकमा सीसीटीभी फुटेज हेर्‍यौं । त्यसमा के छ प्रतिवेदनमै आउँछ । अहिल्यै भन्न मिल्दैन । अब हामी प्रतिवेदन लेखनमा जान्छौं,' उनले भने । सचिव अर्यालले बुधबार ११ बजे फेरि समिति बैठक बस्ने गरी आजको बैठक टुंगिएको बताए ।

समितिको पछिल्लो पटक ७ दिन म्याद थपिएको थियो । थपिएको म्यादभित्रै काम सकाउने सचिव अर्यालले बताए । 'अब हामी म्याद थप्ने पक्षमा छैनौं । जे भेट्यौं, त्यसैलाई आधार बनाएर प्रतिवेदन लेख्छौं,' सचिव अर्यालले भने । समितिलाई दिएको म्याद पर्सि बिहीबार सकिँदैछ ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । उक्त काण्ड छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते विशेष समिति बनाएको थियो । त्यसबेला समितिलाई १० दिनको कार्यावधि दिइएको थियो । अर्थमन्त्री शर्माले सोही दिन पदबाट राजीनामा दिएका थिए । समितिमा प्रमुख प्रतिपक्षी दल एमालेका ४ सहित ११ जना सदस्य छन् ।

प्रकाशित : श्रावण १०, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×