सांसद नभई मन्त्री हुन पाइँदैन, त्यसैले करोडौं खर्च गर्नुपर्छ : अध्यक्ष दाहाल
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा धेरैभन्दा धेरै रकम खर्च गर्न नसके चुनाव जित्नै नसक्ने अवस्था आउन सक्ने बताएका छन् । धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनलेे बताएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![सांसद नभई मन्त्री हुन पाइँदैन, त्यसैले करोडौं खर्च गर्नुपर्छ : अध्यक्ष दाहाल](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/prachanda-2572022070755-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च एक अर्बमाथि हुने बताए । ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ,’ अध्यक्ष दाहालले भने, ‘गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । अब श्रमजीवी जनताले, क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो ।’
अबको चुनाव जितेर आउनेहरु दलाल पुँजीपतीहरु हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने पनि बताए । उनले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गरे । ‘अब दलाल पुँजीपतीहरु आउने भए । नोकरशाह पुँजीपती आउने भए । भ्रष्टहरु आउने भए । त्यो खतरा दिनप्रतिदिन बढ्दो छ,’ उनले भने, ‘यसलाई विषय बनाएर हामीले गहिरो गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भएका राजनीतिक दलहरुभित्र पनि छलफल पनि गर्न आवश्यक छ । ठूलो आन्दोलन गर्नुपर्ने भयो । नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरीमा लैजान्छ । भड्खारोमा नै लैजान्छ ।’
अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको उनले बताए । ‘हाम्रो अर्को सिस्टम पनि देशको अनुकूल छैन । शासन प्रणालीको दृष्टिकोणले पनि देशको अनुकूल छैन । सांसद हुने बेलामा करोडौं खर्च गरेर किन हुन्छ त मान्छे ? किनभने सांसद नभई मन्त्री हुन पाइँदैन, प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्छन् । सांसद भएपछि मन्त्री हुनपनि चल्नुपर्यो अनेक खालका खेलहरु । मन्त्री भएपछि लगानी उठाउनुपर्यो,' उनले भने, ‘भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहित छ । यसलाई हामीले रिजर्भ राखेका छौं । माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार छ । हामीले यो प्रणालीबाट जनताले पाउनुपर्ने कुरा पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखेका छौं।’
अध्यक्ष दाहालले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गरे । माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाती र समुदायले सुख नपाउने उनको भनाइ थियो । पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखापरेको पनि उनले बताए ।
प्रकाशित : श्रावण ९, २०७९ १०:५५