कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अर्थमन्त्री प्रकरण

समितिले माग्यो सिंहदरबार दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

मकर श्रेष्ठ

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माण प्रकरण छानबिन गर्न गठित संसदीय विशेष समितिले गृह मन्त्रालय समक्ष सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज माग गरेको छ । सीमित व्यापारीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको तथा अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनु परेको थियो ।

समितिले माग्यो सिंहदरबार दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

सोही घटनाबारे छानबिन गर्न बनेको संसदको विशेष समितिले शर्मामाथि छानबिन गर्ने क्रममा दुवै गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान अघि बढाउन लागेको हो ।

अर्थ मन्त्रालयका दुई सचिव, कर्मचारी र सुरक्षाकर्मीसँग बयान लिए पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि नभएपछि समितिले आइतबारदेखि छानबिनको दायरा फराकिलो पार्न लागेको हो । समितिको आइतबारको बैठकले सिंहदरबार प्रवेश गर्ने गेटदेखि छानबिन गर्न गत जेठ १४ गते दिउँसो १२ देखि भोलिपल्ट १२ बजेसम्मको फुटेज गृह मन्त्रालयसँग माग गर्ने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि बजेट निर्माणको दिनको फुटेज नपाएपछि रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । रिपोर्ट अझै आएको छैन ।

असार २२ मा गठन भएको समितिले २८ देखि काम सुरु गरेको थियो । पहिलो सात दिनको अवधिमा छानबिन नटुङ्गिएपछि बिहीबार संसद्ले अर्को सात दिनको समय थप गरेको छ ।

प्रकाशित : श्रावण ८, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?