कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

स्वास्थ्य क्षेत्रमा विश्वासनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रमा विश्वसनीयताको अभाव भएको बताएका छन् । उनले मुलुकको स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । 

स्वास्थ्य क्षेत्रमा विश्वासनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड- १९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोग बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र पूर्व तयारीको काम गर्नुपर्ने बताए ।

उपचारका लागि देश बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न लाग्नुपर्ने पनि अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उनले भने, 'नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धि अध्ययनका लागि रकम बाहिरिइरहेको छ । यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन गर्न जरुरी छ ।'

स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनतप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुने तिमिल्सिनाको धारणा थियो । राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै उनले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । ‘उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने संख्या धेरैं छ,’ उनले भने, ‘तर, आँखा लगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ । यो संख्या वृद्धि गर्न हाम्रो क्षमता अझ अभिवृद्धि गर्नुपर्छ ।‘

त्यस्तै, अध्यक्ष तिमिल्सिनाले एकातिर कोभिड विरुद्धको खोप म्याद गुज्रेर खेर जाने अवस्था रहेको र अर्कोतर्फ कतिपय नागरिकले खोप लगाउन नमानेको समाचार सार्वजनिक भएको विषयमा पनि चासो व्यक्त गरेका थिए । यस्तो अवस्थाको अन्त्य गर्न र शतप्रतिशत नागरिकलाई खोप लगाउनका लागि जनचेतना फैलाउने दायित्व सरकारसँगै जनप्रतिनिधिको पनि भएको उनले बताए ।

प्रकाशित : श्रावण ८, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×