कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलाल पुँजीवादलाई पोसेर समाजवाद आउँदैन : नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीवादलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् ।

दलाल पुँजीवादलाई पोसेर समाजवाद आउँदैन : नेपाल

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवसलाई सम्बोधन गर्दै नेपालले दलाल पुँजीवादलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन नहुने बताएका हुन् ।

पछिल्लो समय नेपाली राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको पनि उनको भनाइ थियो । नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेकोले बेलैमा सचेत हुनुपर्ने पनि उनले बताए । अध्यक्ष नेपालले पुष्पलालबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताए । आफूले इतिहासका पानाहरु निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेकोसमेत उनको दाबी थियो ।

‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ,’ उनले भने, ‘खास गरेर पुष्पलालबाट दीक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ ।’

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीले देशमा छुट्टै पहिचान बनाइसकेको बताउँदै पार्टीको राजनीति देश र जनताका लागि मात्रै सीमित हुने बताए ।

प्रकाशित : श्रावण ७, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?