२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन खोजेका छन् : पौडेल

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरूबीचमा एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । 

कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन खोजेका छन् : पौडेल

उनले अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालका कम्युनिस्टहरू एकताबद्ध भई कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यक्ता भए पनि आगामी चुनावमा कम्युनिस्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गरे ।

नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । माओवादी, एकीकृत समाजवादीलगायतका कम्युनिष्ट दलहरु कम्युनिस्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताए ।

'गठबन्धन आजको आवश्यकता हो, किनभने आज नेपाललाई स्थिरता चाहिएको छ । सुशासन चाहिएको छ । सामाजिक न्याय चाहिएको छ । विकास चाहिएको छ। अस्थिरताबाट नेपाललाई मुत्तः गराउनुछ । कम्युनिष्टहरुले देश चलाउन सकेनन् । त्यसकारण भोलिको चुनावसम्म पनि गठबन्धनको आवश्यक्ता छ,' उनले भने, 'नेपाली कांग्रेसभित्र पनि अहिले कम्युनिस्टसँग मिल्नुहुँदैन भन्ने छ भने कम्युनिस्टहरूभित्र पनि एकताको कुरा छ । माओवादीभित्र पनि एकथरी कम्युनिस्ट एकता गर्नुपर्छ भन्नेमा छन् । समाजवादी पार्टीभित्र पनि कम्युनिष्ट एकता गर्नुपर्छ भनेर जोड दिइरहेका छन् । अन्तर्राष्ट्रिय शक्तिहरु पनि कम्युनिस्टलाई एकै ठाउँमा राख्नुपर्छ भनेर लागेका छन् । त्यतिमात्र होइन कांग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरु सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोसिसहरु भइरहेका छन् । यो प्रयास नेपाली कांग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोसिस हो भनेर बुझ्न जरुरी छ । हामीले चुनावी तालमेल मात्र गरेका हौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।'

प्रकाशित : श्रावण ६, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?