कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

विदेशीसँग विवाह गर्न निरुत्साहित गरिनुपर्छ : सांसद सुवाल

काठमाडौँ — नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालको भूराजनीतिक अवस्थितिको कारण विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्ने बताएका छन् । खुला सीमा हुन्जेल छिमेकीसँग सम्बन्ध राम्रो नहुने भन्दै त्यसलाई तारबार लगाउनुपर्ने उनले बताए ।

विदेशीसँग विवाह गर्न निरुत्साहित गरिनुपर्छ : सांसद सुवाल

'नेपालमा सीमा बन्द गरिनुपर्छ । नेपाली सेनाले यो विषयमा उठाएको छ । खुला सीमा असल सम्बन्ध कायम हुन्न । ४७ अर्ब रुपैयाँ लाग्ने रहेछ । यो असारमा गरेको खर्चको २ दिनको मात्रै हो,' सांसद सुवालले भने, 'भूराजनीतिक अवस्थितिको कारण विदेशीसँग विवाह गर्न निरुत्साहित गरिनु पर्छ । नेपालीसँग विवाह गर्नेहरुलाई २० वर्षपछि अस्थायी नागरिकता दिनुपर्छ ।'

नागरिकता विधेयक सार्वभौतिकतासँग जोडिएको हुँदा त्यसलाई जनताले पनि आफ्नो धारणा राख्न पाउनु पर्ने उनले बताए । 'यो विधेयक सर्वभौतिमकतासँग जोडिएको हुँदा त्यसमा जनताले पनि आफ्नो धारणा राख्न पाउनु पर्छ,' उनले भने, 'यसले प्रजातन्त्रको हत्या हुने सन्तुलन राष्ट्रियतालाई ध्यान दिन आग्रह छ ।'

प्रकाशित : श्रावण ६, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×