भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार राति ट्वीट गर्दै मुर्मूलाई बधाई तथा शुभकामना दिएकी हुन् । 

भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

'मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौं राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु,' राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ । उनले भारतकी राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेकी छन् ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतीय राष्ट्रपति मुर्मूलाई बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।

आदिवासी समुदायबाट पहिलो व्यक्ति मुर्मू भारतको १५औं राष्ट्रपतिमा बिहीबार निर्वाचित भएकी हुन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

प्रकाशित : श्रावण ५, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?