कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

अन्तर्राष्ट्रिय युवा दिवस आयोजक समिति गठन

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गहतराजको नेतृत्वमा ६ सय ५७ सदस्यीय समिति गठन भएको हो । 

अन्तर्राष्ट्रिय युवा दिवस आयोजक समिति गठन

समितिमा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित सबै सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहनेछन् । यस्तै, विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि, परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध संघसंस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसमेत रहनेछन् ।

यसैगरी, परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको संयोजकत्वमा सचिवालयसमेत गठन गरिएको छ। यही साउन २८ अर्थात् अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष 'अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मूल नारा तय गरिएको छ ।

युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने अभिप्रायले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ । विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको सिफारिसअनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

प्रकाशित : श्रावण ५, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?