कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एसपीपीबारे रावल- प्रधानमन्त्रीले अमेरिकालाई पत्र नपठाउनू भनी परराष्ट्रसँग साउती त गर्नुभएको छैन ?

काठमाडौँ — एमालेका सांसद भीम रावलले अमेरिकी स्टेट  पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै भनेका हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् । 

एसपीपीबारे रावल- प्रधानमन्त्रीले अमेरिकालाई पत्र नपठाउनू भनी परराष्ट्रसँग साउती त गर्नुभएको छैन ?

प्रतिनिधिसभाको बिहीबार बैठकमा सांसद रावलले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नुको सट्टा परराष्ट्र मन्त्रालयले अध्ययन गर्ने भनेर दिएको अभिव्यक्तिको पनि आलोचना गरेका छन् ।

नेपालले विभिन्न देशसँग गरेका सन्धि सम्झौता कार्यान्वयनमा समस्या आइरहेका बेला सैन्य सम्झौता गर्नु गलत भएको रावलको भनाइ थियो ।

'मन्त्रिपरिषद्को निर्णयलाई तत्काल कार्यान्वयन नगरी थप अध्ययन गर्ने भन्ने परराष्ट्र मन्त्रालयको भनाइ आपत्तिजनक छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगरी त्यसको अध्ययन गरेर मात्र अमेरिकालाई पत्राचार गर्ने भन्ने परराष्ट्र मन्त्रालयको भनाइले सो मन्त्रालयलाई मन्त्रिपरिषद्को निर्णयबाट होइन अरु कसैको चाहनाअनुरूप चलाउन खोजिएको त छैन भन्ने आशंका उत्पन्न हुँदैन र ?'

उनले संसदीय समितिको निर्देशन र मन्त्रिपरिषद्को निर्णय नमान्ने छुट परराष्ट्र मन्त्रालयलाई कहाँबाट प्राप्त हुन्छ भनी प्रश्न गरेका छन् । ‘कतै प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापक दबाबलाई छल्नका लागि मन्त्रिपरिषद‌्बाट निर्णय गरेजस्तो गरी परराष्ट्र मन्त्रालयलाई पत्र नपठाउनू भनी साउती त गर्नुभएको छैन भन्ने आशंका मन्त्रिपरिषद्को निर्णयको ३३ दिनसम्म अमेरिकालाई पत्र नपठाएबाट उत्पन्न हुँदैन र‚' उनले प्रश्न गरेका छन् ।

सांसद रावलले मन्त्रिपरिषद्को निर्णयअनुसार तत्काल एसपीपी कार्यान्वयन नगर्नेबारे पत्राचार गर्नुपर्ने भन्दै रुलिङको मागसमेत गरेका छन् ।

प्रकाशित : श्रावण ५, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?