कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५
नेपाल-रुस कूटनीतिक सम्बन्धको ६६ वर्ष

‘रुससँग दौत्य सम्बन्ध राख्नु महत्वपूर्ण कदम थियो’

काठमाडौँ — रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले नेपालले रुससँग दौत्य सम्बन्ध राख्नु महत्वपूर्ण कदम भएको बताएका छन् । नेपाल–रुस कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुगेको उपलक्ष्यमा बुधबार ‘नेपाल–रुस मैत्री संघ’ ले आयोजना गरेको कार्यक्रममा तुलाधरले उक्त कुरा बताएका हुन् ।

‘रुससँग दौत्य सम्बन्ध राख्नु महत्वपूर्ण कदम थियो’

‘रुससँग दौत्य सम्बन्ध राख्नु महत्वपूर्ण कदम थियो,’ उनले भने । नेपाल र रुस (तत्कालिन सोभियत संघ) बीच सन् १९५६ जुलाई २० मा द्विपक्षीय सम्बन्ध स्थापना भएको थियो । तुलाधरले सन् १९५० अघि राणाहरुले पश्चिमा मुलुकहरु बेलायत, अमेरिका, भारत र फ्रान्ससँग मात्र द्विपक्षीय सम्बन्ध विस्तार गरेकोमा राजा महेन्द्रको समयमा चीन र रुससँग पनि सम्बन्ध स्थापित गरेर नेपालको परराष्ट्र नीतिलाई असंलग्नतातर्फ डोहोर्‍याएको बताए । उनले पृथ्वीनारायण शाहदेखि महेन्द्र हुँदै अहिलेको सम्म आइपुग्दा नेपालको परराष्ट्र नीति असंलग्न भएको उल्लेख गरे ।

नेपालले आफ्नो परराष्ट्र नीति अक्षुण राख्न सक्यो भने अझ दूरदर्शी हुने पनि उनले बताए । तुलाधरले नेपालले पछिल्लो पटक युक्रेनमा रुसले आक्रमण गरेपछि नेपालले रुसकोविरुद्ध संयुक्त राष्ट्रसंघमा मतदान गरेपछि नेपाल सरकारसँग सांकेतिक रुपमा असन्तुष्टि जनाउदै परराष्ट्र नीतिलाई अक्षुण राख्न जोड दिएका हुन् ।

प्रकाशित : श्रावण ४, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?