कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

वंशाणुगत रोग उपचार केन्द्र स्थापना गर्न पहल थाल्छु : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल गर्न जाेड दिने बताएका छन् । वीर अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि पहल थालिने  बताएका हुन् । 

वंशाणुगत रोग उपचार केन्द्र स्थापना गर्न पहल थाल्छु : स्वास्थ्य राज्यमन्त्री

उनले भने, ‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन नभएको पाइएको छ । वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधि सहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ ।’

वीर अस्पतालकी वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले वंशाणुगत राेग परीक्षण गर्ने ल्याबकाे स्थापना र त्यसले गरेकाे सहयाेगबारेमा चर्चा गरिन् । उनका अनुसार वंशाणुगत राेगका बिरामी बढिरहेका छन् । केही वर्ष पहिले अस्पतालमा वार्षिक १०० जनासम्म वंशाणुगत राेगकाे बिरामी देखिनेमा हाल हजारभन्दा बढी बिरामी देखिने थालेकाे डा निलमकाे भनाइ छ ।

'नेपालमा कति बच्चा दुर्लभ वंशाणुगत राेगबाट मर्छन् भन्ने हामीसँग तथ्या‌ंक नै छैन । वंशाणुगत राेगकाे उपचार मह‌ँगाे छ त्यसैले राेकथाममा नै ध्यान दिनुपर्छ,' उनले भनिन् ।

कान्ति बाल अस्पतालकी पेडियाट्रिक न्युराेलाेजिस्ट डा वीणा प्रजापतिले हाल नेपालमा वंशाणुगत परीक्षण केही सहज भएकाे बताउँदै जनमानसमा वंशाणुगत राेगकाे परामर्शकाे एकदम खाँचाे रहेकाे बताइन् ।

प्रकाशित : श्रावण ४, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×