कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वाग्मतीमा स्थानीय निर्वाचन परिणाम सोचेजस्तो भएन‚ हाम्रै कारणले : ओली

काठमाडौँ — वाग्मती प्रदेशमा स्थानीय तह निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम हात पार्न नसकेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले आफ्नै पार्टी नेता र कार्यकर्ताहरूका कारण नै स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम प्राप्त हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । 

वाग्मतीमा स्थानीय निर्वाचन परिणाम सोचेजस्तो भएन‚ हाम्रै कारणले : ओली

एमालेको वाग्मतीस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्ने क्रममा ओलीले पार्टीका नेता र कार्यकर्तामा इमानदारिता‚ अनुशासन र संकल्पको कमीका कारण स्थानीय तहको निर्वाचनमा वाग्मती प्रदेशमा सोचेजस्तो परिणाम नआएको बताए ।

'गएको स्थानीय निर्वाचनको परिणाम यस प्रदेशमा जस्तो हुनुपर्थ्यो; त्यस्तो भएन । कसको कारणले भन्दा हाम्रो आफ्नै कारणले भएन,' पार्टीको वाग्मती प्रदेश कमिटीका नेता तथा कार्यकर्ताहरूलाई ओलीले भने, 'कामरेडहरूलाई इमानदार भएर सोच्न आग्रह गर्छु । कति इमानदारिताका साथ, कति इमान्दार भएर सोच्यौ र काममा लाग्यौं ?'

प्रकाशित : श्रावण ४, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?