२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

दाहालले भाजपासँग गरे संयुक्त कार्यक्रमको समझदारी

दुवै दलले एक अर्काको आमन्त्रणमा आ-आफ्नो मुलुकमा कार्यक्रमहरु गर्ने
राजेश मिश्र

नयाँदिल्ली — भारत भ्रमणमा रहेका मा‌‌ओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् । भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिएका हुन् ।

दाहालले भाजपासँग गरे संयुक्त कार्यक्रमको समझदारी

'दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भने, 'कहिले बीजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।' दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताए ।

भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको उनले उल्लेख गरे । ‘तपाईंहरुलाई थाह छँदैछ, म भाजपा अध्यक्षको निम्तोमा यहाँ आएको हुँ,’ उनले भने ‘दुनियाँकै सबभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा भाजपा स्थापित छ । आज यसको कार्यालयमा आएर यहाँको व्यवस्थापन, पार्टी कार्यालय कसरी चलेको छ लगायतबारे बुझेको छु ।'

गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार स्वदेश फर्किनेछन् ।

प्रकाशित : श्रावण १, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?