कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संसदीय विशेष समितिको सदस्य हेरफेर

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरण छानबिन गर्न गठित संसदीय विशेष समितिको सदस्य हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ससदीय विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो ।

संसदीय विशेष समितिको सदस्य हेरफेर

जसअनुसार समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् ।

कांग्रेसकी सांसद भुसालले बिहीबार प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट सांसद विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छन् । उपसभामुख पदका लागि शुक्रबार मतदान हुँदैछ ।

आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानबिन गर्न असार २२ गते संसदीय विशेष समिति गठन गरिएको थियो । समितिमा एमालेका ४ जनासहित ११ सदस्य रहेका छन् ।


प्रकाशित : असार ३०, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×