कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीयता खारेज गर्नु भनेको निरंकुश राजतन्त्रतिर जानु हो : दाहाल 

काठमाडौँ — प्रदेश र स्थानीय तहलाई कसरी कमजोर पार्ने भन्ने विषयमा केही नेता लागिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले संघीयता खारेज गरेर राजतन्त्र ल्याउन खोज्नेहरूले त्यस्तो प्रयास गरिरहेको बताएका हुन् । 

संघीयता खारेज गर्नु भनेको निरंकुश राजतन्त्रतिर जानु हो : दाहाल 

बिहीबार नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा सम्बोधन गर्दै दाहालले परिवर्तनलाई उल्ट्याएर पुरानै निरंकुश शासन व्यवस्था ल्याउनका लागि त्यस्ता प्रयास भइरहेको बताएका हुन् । 'केही नेताहरू खुलेआम संघीयता खारेज गर्नुपर्छ भनिरहेका छन् । त्यहाँ जाने भनेको निरंकुश राजतन्त्रतिर नै हो । अधिकार तल दिने वातावरण बनाउनुपर्छ । तर ती ऐन रोक्ने काम भइरहेको छ,' उनले भने ।

त्यस्तै, दाहालले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्तिबीच एकता हुने सम्भावना रहेको बताए । उनले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक हुनुको विकल्प नरहेको बताए । 'नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट नै हुन् सबै कम्युनिस्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिस्ट एकता गराएकै हो,' उनले भने, 'अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ।'

प्रकाशित : असार ३०, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?