कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

३ वर्षको प्रयास खारेज गरी नयाँ विधेयक शून्यबाट सुरु गर्नु संसद्‍को अपमान : ज्ञवाली

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले छोटो अवधिमा नागरिकता विधेयक पारित भएर ऐनको स्वरुप लिन सम्भव नभएको दाबी गरेका छन् ।

३ वर्षको प्रयास खारेज गरी नयाँ विधेयक शून्यबाट सुरु गर्नु संसद्‍को अपमान : ज्ञवाली

उनले संसदीय समितिको ३ वर्षको प्रयासलाई खारेज गरेर नयाँ विधेयक शून्यबाट सुरु गर्नुले संसदप्रतिको अपमान भएको बताएका छन् । सांसद

ज्ञवालीले नेपाली पुरुषसँग विवाह गरी आउने महिलाको हकमा नागरिकता दिने विषयमा राज्य व्यवस्था समितिमा सहमतिको बिन्दुमा पुग्न लागेको भन्दै उक्त विषयलाई अस्वीकार गरेर विधेयक ल्याएकाले आफूहरूको असहमति रहेको बताए ।

‘कन्टेन्टमा हाम्रो केही भनाइहरू छन् । राज्य व्यवस्था समितिमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाहरुको हकमा नागरिकता

दिनका निम्ति केही समय पर्खिने तर उहाँहरु यहाँ विवाह भएर आइसकेपछि सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारहरु सम्पूर्ण रुपले पूरा गर्न पाउने । उहाँहरुले जागिर खान पाउने, बैंक खाता खोल्न पाउने, व्यवसाय गर्न पाउने तर चुन्ने र चुनिने अधिकारको निम्ति केही समय पर्खिनुपर्ने भन्ने ढंगले राज्य व्यवस्था समितिमा झन्डै सहमतिको बिन्दुमा पुगेको थियो । त्यो विषयलाई उहाँहरुले अस्वीकार गरेर ल्याउनुभएको छ । त्यसमा हाम्रो असहमति छन्,’ नेता ज्ञवालीले भने ।

प्रकाशित : असार २९, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×