२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पार्टीमा आन्तरिक एकता कायम गर्नुपर्छ : कार्की

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टीमा आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिमा बोल्दै नेता कार्कीले आन्तरिक एकतालाई बलियो बनाएर कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसा योग्य पार्टी बनाउनु पर्नेमा जोड दिए ।

पार्टीमा आन्तरिक एकता कायम गर्नुपर्छ : कार्की

उनले स्थानीय तह निर्वाचनमा कांग्रेस ठूलो दल बनेको उल्लेख गर्दै पार्टी सभापतिमाथि गर्व गर्नुपर्ने बताए ।

'हामीले हाम्रो सभापतिमाथि गर्भ गर्नुपर्ने अवस्था छ, थोरै सिट हुँदाहुँदै सरकारमात्र छैनौं, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौं । प्रदेश र गाउँगाउँका सरकारमा आज कांग्रेस छ,' उनले भने ।

नेता कार्कीले देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनको निरन्तरता जरूरी रहेको समेत बताए । 'गठबन्धनका समस्या हर होलान्, समस्या समाधान गर्दै जानुपर्छ । देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनको निरन्तरता जरूरी छ,' उनले भने, 'हिजोको दिनमा हप्तैपिच्छे करोडौंको भ्रष्टाचार भएको समाचार आउँथ्यो, अहिले देशमा सुशासन कायम भएको छ ।'

मन्त्री कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने बताए । 'अर्थतन्त्र कमजोर छ तर ढुक्क हुनुहोस् । म दाबी गर्छु, नेपाल श्रीलंकाको बाटोमा जाँदैन, हामीलाई पुग्ने स्रोत साधन देशभित्रै विकास गर्न सकिन्छ ।' उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर ३६४ मेगावट बिजुली निर्यात गर्ने सम्झौता गरेको भन्दै बिजुली बेचेरै नेपालले महिनामा अर्बौं कमाउने बताए ।

'भारतसहित बंगलादेशलगायत देशमा १५ हजार बिजुली बेच्न सक्छौं । बिजुली बेचेरै महिनामा अर्बौं कमाउन हामीलाई गाह्रो छैन,' उनले भने ।

प्रकाशित : असार २९, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?