२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ ।

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो ।

बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए ।जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो। छानबिन समितिमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट चार जना सहभागी छन् ।

प्रकाशित : असार २९, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?