३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

एमाले सांसदहरूद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

काठमाडौँ — नेकपा एमालेका सांसदहरूले संसदको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेका छन् । एमाले सांसदहरू बैठकबाट बाहिरिएपछि समितिले वार्षिक प्रतिवेदन भने पारित गरेको छ ।

एमाले सांसदहरूद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

समितिका सभापति शाहले भने पार्टीमा सल्लाह गरेर निर्णय लिने बताएका छन् । उनले प्रतिपक्षी एमालेका सांसद समिति सभापतिले पनि राजीनामा गर्नुपर्ने बताएका छन् ।

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, कानुन न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक समिति सभापति एमाले सांसद छन् ।

सभापति शाहले वार्षिक प्रतिवेदन पारित गर्नैपर्ने भएकोले बैठकले बहुमतका आधारमा निर्णय गरेको बताए । नेपाली कांग्रेसबाट लेखा समिति सभापति बनेका शाहले पदबाट राजीनामा दिएर प्रतिपक्षा सांसदलाई लेखा समिति सभापति हुने बाटो खोल्नुपर्ने एमाले सांसदहरूले माग गरेका छन् ।

प्रकाशित : असार २८, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?