कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या सदनमा उपस्थित नहुँदा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठकमा गणपूरक संख्या ७९ हुनुपर्नेमा ६१ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

सोमबारको बैठकमा ६१ जना मात्रै सांसद उपस्थित रहेका थिए । एमाले सांसद भूपेन्द्र थापाले बैठकमा गणपूरक संख्या भएको भन्दै गणना माग गरेका थिए । त्यसलगत्तै सभामुख सापकोटाले गणना गर्दै बैठक स्थगित गरेका हुन् । यसअघि असार १२ गते पनि गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको छ ।

संसद्‌मा गणपूरक संख्या भनेको एक चौथाइ मात्र हो । दुई सय ७५ सांसद भएको सभामा ६९ सांसद पनि उपस्थित नभएकाले सोमबार बैठक नै स्थगित गर्नुपरेको छ । सोमबारको बैठकमा रेल्वे विधेयक पेस गर्नेलगायतको कार्यसूची थियो ।

संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेता नै लगातार अनुपस्थित हुने गरेका छन् । धेरै अनुपस्थित हुनेमा प्रधानमन्त्री देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत छन् ।

यो पनि पढ्नुहोस्

प्रकाशित : असार २७, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?