२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पटक-पटक संविधानमाथि आक्रमण हुँदा मन दुख्छ : पूर्वराष्ट्रपति यादव

'संविधान सबै नेपालीलाई जोड्ने साझा दस्तावेज हो'

जनकपुर — नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सबै नेपालीको साझा दस्तावेजका रूपमा रहेको संविधान जोगाउनुपर्ने बताएका छन् ।

पटक-पटक संविधानमाथि आक्रमण हुँदा मन दुख्छ : पूर्वराष्ट्रपति यादव

शनिबार जनकपुरमा कान्तिपुर मिडिया ग्रुप र मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय तथा प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित 'मधेश मन्थन' कार्यक्रममा विद्वत प्रवचन दिँदै पूर्वराष्ट्रपति यादवले मधेश-पहाड-हिमालका साथै पूर्व-पश्चिम र उत्तर-दक्षिणलाई जोड्ने दस्तावेजका रूपमा रहेको उनले बताएका हुन् ।

लामो यात्रा पार गरेर आए पनि पटक-पटक लोकतन्त्र र संविधानप्रति आक्रमण भएको पूर्वराष्ट्रपति यादवले बताए । संविधानमाथि आक्रमण गर्दै प्रतिनिधिसभा विघटन भएको पनि उनको टिप्पणी थियो । '२०७२ मा संविधान जारी भएपछि पनि पटक-पटक यसमा आक्रमण भएको छ । २-२ पटक प्रतिनिधिसभा विघटन भयो । यसले बेला-बेला मन दुख्ने गर्छ,' उनले भने । तर राजनीतिक पार्टीहरुले मिलेर समस्याको समाधानहरु निकाल्नु भने आफैंमा आफैंमा प्रशंसनीय रहेको उनले बताए ।

संविधान जारी हुँदा केही सन्देह भए पनि पछि राजनीतिक दलहरूले त्यही संविधानअनुरूप राजनीति अगाडि बढाएकोमा भने आफू सन्तुष्ट भएको उनले बताए । 'मैले संविधान दिँदा मधेशमा गोली चलिरहेको थियो । तर मैले संविधान जारी गरिरहँदा त्यस्तो होला भन्ने मैले सोचेको थिइँन । मेरा केही सन्देहहरु भने थिए । त्यसैले मैले सबै राजनीतिक पार्टीहरुलाई बोलाएर कुरा पनि गरेको थिएँ । संविधान जारी गरेपछि जुन हिसाबले पार्टीहरुले मिलेर चुनाव गराए त्यसपछि भने म सन्तुष्ट भएँ,' उनले भने ।

त्यस्तै जनकपुर सुन्दर र सांस्कृतिक तथा धार्मिक सहर रहेको पनि उनको भनाइ छ । 'यो जनकपुरबाट मैले राजनीति सुरु गरें । जनकपुर साह्रै सुन्दर सांस्कृति र धार्मिक सहर हो । यसको इतिहास सम्झिँदा मलाई न्यास्रो लाग्छ । किनभने त्यसबेलमा तराई र पहाडमा स्थापित धेरै विद्वानहरुको उदय जनकपुरमै भएको थियो । अहिले जनकपुरमा के भइरहेको छ मैले बुझेको छैन,' उनले भने ।

प्रकाशित : असार २५, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?