कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

काठमाडौँ — जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । यस्तै सरकारले उनको निधनमा दु:ख व्यक्त गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आबेको निधनको खबरपछि गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले ट्वीटरमार्फत् आबेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै परिवारका सदस्यमा समवेदना व्यक्त गरेका थिए । मन्त्रिपरिषद्‍ले पारित गरेको शोक वक्तव्यमा भनिएको छ, 'मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ । नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।'

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको हत्याको भर्त्सना पनि गरेको छ । यसअघि नै विभिन्न देशका सरकारले पनि आबेको निधनमा दु:ख व्यक्त गर्नुका साथै शोक मनाउने निर्णय गरेका छन् ।

शुक्रबार चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि ढलेका आबेको उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित : असार २४, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×