कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नागरिकता विधेयक फिर्ता लिए फेरि संसद्‍मा आउँदैन : एमाले सांसद

काठमाडौँ — नागरिक विधेयक फिर्ता लिने सरकारको निर्णयको नेकपा एमाले सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक बोल्दै उनीहरुले लामो छलफलपछि समितिबाट संसदमा प्रस्तुत भएको विधेयक फिर्ता लिँदा शून्यबाट सुरु हुने हुँदा चालु संसदबाट पारित हुने सम्भावना कम भएको बताए । 

नागरिकता विधेयक फिर्ता लिए फेरि संसद्‍मा आउँदैन : एमाले सांसद

'नागरिक विधेयकको गर्भपतन भयो, यो भ्रुण हत्या हो । त्यसलाई जन्मिन दिउँ । समस्या भएको विषयमा सुधार गर्दै जाउँला । फिर्ता लियौँ भने शून्यबाट सुरु हुन्छ । त्यसैले त्यस्तो नगरौं । फिर्ता लिँदा यो संसदबाट पारित हुने सम्भावना कम रहेको छ,' सांसद शेरबहादुर तामाङले भने, 'यो संसदबाट पारित हुने समय पुग्दैन ।'

भूमिसुधार मन्त्री शशी श्रेष्ठलाई लक्षित गर्दै सांसद तामाङले श्रेष्ठ आफैँ सभापति हुँदा समितिबाट विधेयक पारित गरेको तर अहिले मन्त्री भएपछि फिर्ता लिने निर्णय गरेकोमा आपत्ति जनाएका थिए ।

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले नागरिक विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभा बैठकमा राखेका थिए। एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयक फिर्ता लिने निर्णयले संविधानले दिएको हक खोसिने बताए । साथै सरकारी निर्णयले संसदीय प्रणालीमाथि चुनौती भएको उनले बताएका थिए ।

एमाले सांसद भीमबहादुर रावलले भारत र चीन जस्ता ठूलो जनसंख्या भएका देशको बीचमा भूराजनीतिक रुपले संवेदनशील नेपालले नागरिकता दिने विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।

'अस्थिरताको बेलामा नागरिकलाई राजनीति गर्ने काम भएको छ । नागरिकताको विषयमा राजनीति हुने गरेको छ । अहिले यति मिहिनेत गरेपछि किन फिर्ता लिने ?,' रावलले भने, 'नागरिकताको विषयलाई जटिल बनाउने काम नहोस् ।' त्यसैगरी एमालेका सांसद घनश्याम खतिवडा, विमला बिकसहितका सांसदहरूले नागरिकता विधेयक फिर्ता लिने निर्णयको विरोध गरेका थिए ।

प्रकाशित : असार २४, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?