कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

केन्द्रीय समितिमा जनार्दनको प्रष्टीकरण- एसपीपीको राष्ट्रघात ओझेल पार्न बजेटको मुद्दा उठाइयो

काठमाडौँ — बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको आरोप लागेर पद गुमाएका जनार्दन शर्माले स्टेट पार्टनरसीप प्रोग्राममा गरेको राष्ट्रघात ओझेल पार्नका लागि बजेटको विषय उठान गरेको दाबी गरेका छन् । 

केन्द्रीय समितिमा जनार्दनको प्रष्टीकरण- एसपीपीको राष्ट्रघात ओझेल पार्न बजेटको मुद्दा उठाइयो

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बिहीबार शर्माले विशेष समय मागेर आफ्ना धारणा राखेका थिए । 'माओवादी पार्टीका अर्थमन्त्रीले ल्याएको बजेटलाई ‘सेबोटेज’ गर्नका लागि अहिले त्यस्तो गरिएको हो,' उनले भने, 'एसपीपीको एउटा मुद्दा उठेको थियो । एसपीपीमा राष्ट्रघात भएको कुरा ओझेल पार्नका लागि यो मुद्दा उठाइएको हो । ओम्नीलगायत अरु धेरै मुद्दाहरू छन् ।'

शर्माले संसदीय छानबिन समिति बनेको अवस्थामा प्रतिपक्षी दलका सांसदले यस्ता विषय उठाउनु गलत भएको बताए । उनले संसद्‌मा नेताहरूले त्यसबारे नबोलेकोमा आपत्ति जनाए । उनले रेकर्डबाट एमाले सांसद योगेश भट्टराईले बोलेका कुरा हटाउन भूमिका नखेल्नु गलत भएको बताए ।

प्रकाशित : असार २३, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×