कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

भारत र चीनसँग तालमेल मिलाउन नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : भट्टराई

'राष्ट्रपति र प्रधानमन्त्रीसहितलाई कारबाही गर्न सक्ने शक्तिशाली जनलोकपाल गठन गर्नुपर्छ'

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालले शान्ति क्षेत्र घोषणा गरेर भए पनि भारत र चीनसँग तालमेल मिलाएर अघि बढ्नुपर्ने बताएका छन् । उनले भारत र चीनसँगको तालमेल नमिलाउँदासम्म नेपालको विकास गर्न नसकिने उल्लेख गरेका छन् ।

भारत र चीनसँग तालमेल मिलाउन नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : भट्टराई

बिहीबार थेम्स कलेजमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले भारत र चीनसँग जोडिने नीतिले मात्र नेपालको हित हुने बताए ।

'भारत र चीनको बीचमा हामी छौं । भारत तेस्रो अर्थतन्त्र र चीन पहिलो अर्थतन्त्र बनेर आउँछ भने यिनीहरुसँग तालमेल नमिलाइकन हामीले विकास गर्न सक्दैनौं,' उनले भने,'त्यसैले नेपालले शान्ति क्षेत्र घोषणा गरेर हुन्छ कि कसरी हामीले विश्वास लिन सक्छौं त्यसरी भारत र चीनको मूल्य श्रृंखलासँग जोड्ने अर्थनीति र दुइटैसँग शान्ति कायम गरेर अगाडि बढ्ने भन्ने नीति लिन सक्नुपर्छ।'

उनले अहिलेको राज्यप्रणालीमै सुधार आवश्यक रहेको बताए । राज्यप्रणालीमा सुधार नहुँदासम्म अहिलेकै अवस्थामा राम्रो व्यक्ति आए पनि केही गर्न नसक्ने दाबी गरे ।

'समाज चलाउने राज्यव्यवस्था कुनै नियमबिना चल्दैन । अहिले जुन पुँजीवाद र आसेपासे नियन्त्रित प्रणाली छ त्यसलाई बदलेर नयाँ ढंगको जनताको सहभागितामा आधारित एउटा अग्रणी प्रणाली आवश्यक छ' उनले भने ।

यसका लागि उनले अझ पनि अग्रगामी विचारसहितको एउटा प्रणाली त्यो प्रकारको पार्टी बनाउनुपर्ने बताए । त्यस्तो पार्टीले मात्र परिवर्तन ल्याउन सक्ने उनको दाबी छ ।

'राज्यप्रणालीमा परिवर्तन ल्याउन सक्नु भएन भने व्यक्ति जतिसुकै राम्रो ल्याएर मात्र हुँदैन । मलाई डर छ बालेन शाहलाई शुभकामना र बधाई पनि दिएँ । तर त्यहाँ प्रणाली ठीक छैन । उहाँ एक्लैले गर्नसक्ने अवस्था हुँदैन,' उनले भने ।

उनले सही व्यक्ति चयन गर्नका लागि अहिलेको प्रणालीको विकल्पमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद् आवश्यक पर्ने बताए । 'राज्यप्रणाली र शासन प्रणालीमा परिवर्तन ल्याउने र ताकि त्यसबाट सही मान्छे छानिएर जान सकोस् र नीति नियम पनि सबैको सहभागितामा बनोस्' उनले भने ।

सुधारका लागि उनले राष्ट्रपति र प्रधानमन्त्रीसहितलाई कारबाही गर्न सक्ने शक्तिशाली जनलोकपाल गठन गर्नुपर्ने प्रस्ताव गरे । 'रुपान्तरण गर्नका लागि शक्तिशाली जनलोकपाल जस्तो संस्था निर्माण गरेर चरम प्रकारको भ्रष्टीकरण रोक्न सक्नुपर्छ ।

प्रकाशित : असार २३, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?