कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

'एउटा होइन हजारौं छानबिनका लागि तयार छु'

काठमाडौँ — अर्थतन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । 'जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र?' अर्थमन्त्री शर्माले 'यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।' त्यसअघि एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीलाई पदमा बस्न नैतिक आधार नभएको बताए ।

'एउटा होइन हजारौं छानबिनका लागि तयार छु'

यो रोस्ट्रमबाट आम नागरिकमा आह्वान गरियो । 'राजीनामाको मागलाई सम्मान गर्छु । यो राजनीतिक प्रतिशोधबाट उठाएको विषयको सच्चाइमा पुगिँदैन,' उनले भने, 'मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन । तोकिएको मापदण्डअनुसार बजेट निर्माण गरिएको छ ।'

उनले करको दरमा हेरफेर गर्ने विषयमा नीतिगत निर्देशनमात्रै दिएको हो । 'राति ११ बजे मन्त्री निवास गएको र बिहान ६ बजे मन्त्रालय पुगेको हुँ । म मन्त्रालयमा पुग्दा अर्थ सचिव सोफामा पल्टिरहनुभएको थियो,' शर्माले भने ।

उनले एउटामात्रै नभएर हजारौं छानबिनका लागि तयार रहेको छ । 'आमनागरिकमा भ्रम छरिएको कारण छानबिन गर्नेछ,' उनले भने ।

प्रकाशित : असार २२, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×