कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ — इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले असार २६ गते आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा

यसअघि फागुन २६ गते नै सरकारले सूचना प्रकाशित गर्दै उक्त पर्वका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।

'उक्त पर्व वि स २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रकाशित : असार २२, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?