मन्त्रिपरिषद् बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइन् । ‘नियमित बैठक हो, त्यस्तो खास प्रस्तावहरू आएको छैन,’ उनले भनिन् ।

बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन चौतर्फी दबाब परिरहेका बेला प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक राखेका हुन् ।

त्यसपछि गठबन्धनका शीर्ष नेताहरु भेट हुने कार्यक्रम छ ।

प्रकाशित : असार २१, २०७९ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्

महानन्द सापकोटा साहित्य साधक सम्मान माया ठकुरीलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ साहित्यकार माया ठकुरीलाई प्रदान गरिने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसमार्फत यसपटकको 'महानन्द साहित्य साधक सम्मान–२०२२' कथाकार माया ठकुरीलाई प्रदान गरिने घोषणा भएको हो ।

३ जुलाई ड्यालसमा आयोजित कार्यक्रममा अनेसास ड्यालसका संस्थापक अध्यक्ष भीम कार्कीले उक्त सम्मानको घोषणा गरेका थिए । सम्मान यही साता काठमाडौंमा एक समारोहकाबीच प्रदान गरिने छ ।

गत वर्ष यो पुरस्कार डा. शङ्कर सुब्बा फागोलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ५० हजार रहेको छ ।

सम्मान र सम्मान राशि प्रायोजकलाई महानन्द साहित्य गुठी रहेको छ । 'शिक्षा र साहित्यमा महानन्दले गर्नुभएको योगदानको स्मरण र समकालीन वाङमयको सम्मानका निम्ती गुठीले सन् २०१३ देखि बर्सेनि यो पुरस्कार दिँदै आएको छ ।' गुठीकी संस्थापक तथा महानन्दकी नातिनी बुहारी सीता सापकोटाले भनिन् ।

प्रकाशित : असार २१, २०७९ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×