कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको भू-उपयोग नीति अव्यवहारिक र षड्यन्त्रपूर्ण : लोसपा

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारले ल्याएको भू-उपयोग नीतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त नियमावली अव्यवहारिक र षड्यन्त्रपूर्वक ल्याइएको भन्दै लोसपाले आपत्ति जनाएको हो ।

सरकारको भू-उपयोग नीति अव्यवहारिक र षड्यन्त्रपूर्ण : लोसपा

बबरमहलमा आइतबार सम्पन्न लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त नीतिले ग्रामीण तथा सहरी क्षेत्रमा बसोबास गर्ने गरिब किसानहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा प्रभाव पार्ने भन्दै लोसपाले विरोध जनाएको छ ।

यस्तै वर्षा र बाढीले किसानको खेतीबाली नष्ट बनाएकोमा सरकारले क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै सरकारको मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ । लोसपाको दुई दिने बैठक सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै यस्तो बताइएको हो ।

अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'केही दिनअघिको अनावृ्ष्टि र हालको अतिवृष्टिले देर्शको मुख्य बाली धानखेतीमा व्यापक क्षति पुर्‍याएको छ । गाउँमा पसेको बाढीले र जल जमावले वर्षाको प्रारम्भीक दिनहरूमा नै जनधनको व्यापक नोक्सानीको साथै जनजीवन समेत अस्तव्यस्त पारेको छ । तर हालसम्म केन्द्र र प्रदेश सरकारबाट राहत र क्षतिपूर्तिको कुनै प्रभावकारी कदम चालेको देखिएन । सरकारको यो मौनता र अकर्मण्यताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'

आइतबार सम्पन्न लोसपाको बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ ।


प्रकाशित : असार १९, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?