कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपीपीमा सहभागी नहुने पत्रचार उपयुक्त समयमा : परराष्ट्र प्रवक्ता

काठमाडौँ — परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्रचार भइनसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भैरहेको बताइन् । 

एसपीपीमा सहभागी नहुने पत्रचार उपयुक्त समयमा : परराष्ट्र प्रवक्ता

'पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भैरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं, ढुक्क हुनुहोस्,' लम्सालले भनिन्, 'एसपीपीको विषयमा सरकारले गरेको निर्णय प्राप्त भएको छ ।'

अमेरिकाको युटा राज्यस्थित नेसनल गार्ड र नेपाली सेनाबीच साझेदारीको विषय बाहिरिएपछि त्यसले ठूलो राजनीतिक विवाद सिर्जना गरेको थियो । सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेको थियो । त्यसैअनुसारको जानकारी परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जनाउने निर्णय गरेको थियो ।

प्रकाशित : असार १९, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?