कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३ जनामा हैजा पुष्टि भएको छ । असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि

हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धानले धारा तथा जारको पानी शुद्धीकरण नगरिकन प्रयोग गरिएको कारण हैजा देखिएको निष्कर्ष निकालेको थियो ।

चिकित्सकहरुका अनुसार हैजाबाट बच्न व्यक्तिगत सरसफाइ, खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्रै खाने तथा बासी खानेकुरा खानुहुँदैन ।

प्रकाशित : असार १८, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?