कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापति शर्माद्वारा यूएन मुख्यालय भ्रमण

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार न्यूर्योकस्थित संयुक्त राष्ट्र संघ (यूएन) को मुख्यालय भ्रमण गरेका छन् । उक्त अवसरमा शर्माले यूएन शान्ति मिसनमा नेपाली सेनाले खेलेको भूमिका र आगामी बाटोको सम्बन्धमा छलफल गरेका छन् ।

प्रधानसेनापति शर्माद्वारा यूएन मुख्यालय भ्रमण

असार ४ मा लेबनान र त्यसपछि सिरियामा रहेको नेपाली शान्ति सैनिकहरुको कामलाई निरीक्षण गर्दै असार १३ मा अमेरिका पुगेका प्रधानसेनापति शर्माले यूएनमा उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता तथा छलफल गरेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार भेटवार्तामा प्रधानसेनापति शर्माले दुई पक्षीय हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरुबारे छलफल तथा विचार विमर्श गरेका छन् ।

शर्माले यूएन मुख्यालयमा सैन्य मामिलाको कार्यालय (ओएमए) का सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति परिचालन विभाग (डीपीओ) का उपमहासचिव जीन–पियरे लाक्रोइक्स, परिचालन सहयोग विभाग (डीओएस) का उप–महासचिव अतुल खरे तथा राजनीतिक र शान्ति निर्माण मामिला विभाग (डीपीपीए) का उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका हुन् ।

‘विभिन्न समयमा हुने गरेका यस किसिमको उच्चस्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यूएन मिसनहरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सवल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सेनाका अनुसार शर्मा आइतबार काठमाडौं फर्कंदैछन् ।


प्रकाशित : असार १८, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?