कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा विवाद : केन्द्रीय समिति बैठक वीरगन्जमा बोलाइयो 

काठमाडौँ — जनता समाजवादी पार्टीको विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै वीरगन्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् । 

जसपा विवाद : केन्द्रीय समिति बैठक वीरगन्जमा बोलाइयो 

जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेस प्रदेशको वीरगन्जमा हुने जानकारीसहित विज्ञप्ति जारी गरिएको छ ।

पछिल्लो समय दुई अध्यक्षबीच विवाद बढ्दै गएपछि जसपा नेपाल फेरि विभाजनको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अब एउटै पार्टी रहन सक्ने अवस्था नभए अलग–अलग बाटोबाटै अघि बढ्न सक्ने सहमति बनेको हो ।


प्रकाशित : असार १६, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?