कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ — सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद्का निर्णय

बैठकले सरकारले दिने विभुषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोट हेरफेर गर्न स्वीकृत दिएको छ । त्यस्तै, शशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को उपर लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले मध्यभोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशासरण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । त्यस्तै, भेडेटार स्काई वाक निर्माणकालागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

सरकारले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा धनुषाका शितल साहु पुर्वेलाई नियुक्त गरेको छ ।

प्रकाशित : असार १५, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?