कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोबरगाढा बस्तीमा कटानको त्रास

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी–१३ गोबरगाढा टापुका बासिन्दा यो वर्ष मनसुनको सुरुमै उठीबास लाग्ने  त्रासमा छन् । कोसी नदीले घेरिएको बस्तीमा पूर्वबाट बाढीले कटान सुरु गरेको छ ।

गोबरगाढा बस्तीमा कटानको त्रास

नगरप्रमुख वीरेन्द्र माझीका अनुसार बाढीले विद्यालय बगाउने जोखिम बढेपछि झ्याल, ढोका र छाना खोलेर राखिएको छ । बस्तीमा अहिले ६० परिवारका २ सय ५० जना बस्दै आएका छन् ।

यस्तै, विभिन्न खोलाको बाढीले कञ्चनरूप–११ का धेरै भाग डुबानमा परेको छ । वडाध्यक्ष ललित गोजेवारका अनुसार बघुवा खोलाको बाढी ३० मिटर तटबन्ध भत्काएर बस्तीतर्फ सोझिएको हो । ‘२० घर डुबानमा परे, वर्षा नरोकिए पूरै बस्ती डुब्छ,’ उनले भने । उक्त वडामा देवी खोलाको बाढीले खोदहरदेवी खण्डको पुललाई क्षति पुर्‍याएको छ ।

प्रकाशित : असार १५, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?