कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले सांसद वामदेवको पार्टीको केन्द्रीय सदस्य

काठमाडौँ — वामदेव गौतमले गठन गरेको नयाँ राजनीतिक दल नेकपा (एकता राष्ट्रिय अभियान)मा नेकपा एमालेको सांसद पनि केन्द्रीय सदस्य बनेकी छन् । 

एमाले सांसद वामदेवको पार्टीको केन्द्रीय सदस्य

गौतमले मंगलबार नयाँ दल घोषणा गरेको सो दलमा सांसद तुल्सा थापा केन्द्रीय सदस्य रहेकी छिन् । गौतमपत्नी थापालाई केन्द्रीय सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७२ अनुसार थापा अर्को पार्टीको केन्द्रीय सदस्य बनेसँगै एमाले त्याग गरेको ठहरिने छ । राजनीतिक दलसम्बन्धी दफा ३२ अनुसार थापा पदमुक्त हुनेछिन् । दफा ३२ को (ग)'निज आफैले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा' दल त्याग गरेको मानिने भनिएको छ ।

उनी एमालेको समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् । लामो समय महिला संघको राजनीतिमा रहेकी गौतम नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत हुन् ।

नेपाल कबड्डी संघकी अध्यक्षसमेत रहेकी थापा नेकपा एकीकृत समाजवादी गठन हुँदा गत भदौ ९ गते हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगेकी थिइन् । तर दल विभाजनको सूचीमा उनको नाम नभएको भन्दै निर्वाचन आयोगले थापाको सनाखत गरेको थिएन ।

संसद् सचिवालयका एक अधिकारीले निर्वाचन आयोगमा केन्द्रीय सदस्य थापाको नाम गए स्वत: पदमुक्त हुने बताए । 'आयोगमा दर्ता नभएको हकमा पनि पार्टीले उजुरी गरे मुक्त हुन पर्याप्त आधार देखिन्छ,' ती अधिकारीले भने ।

प्रकाशित : असार १४, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?