अखिल क्रान्तिकारीको महासचिवमा विक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अखिल क्रान्तिकारीको महासचिवमा विक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचविमा ललित विक चयन भएका छन् । संगठनको चौथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो ।

संगठनले बैठकबाट सचिवको जिम्मेवारी प्रकाश जप्रेल र कोषाध्यक्षको जिम्मेवारी प्रतिमा चौधरीलाई दिने निर्णय गरेको छ ।

त्यस्तै संगठनले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय लिएको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । समान, निःशुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने निर्णयसमेत बैठकले लिएको छ ।

क्रान्तिकारीका नवनियुक्त महासचिव विकले संगठनले दुरगामी निर्णय लिएको भन्दै आगामी दिनमा विद्यार्थी आन्दोलनको साख जोगाउने गरि काम गरिने बताए ।

‘अखिल क्रान्तिकारी लाखौँ विद्यार्थीहरूको नेतृत्व गर्ने संगठन हो । विद्यार्थी मात्रै होइन, विद्यार्थीका अभिभावकका समस्या पनि हाम्रा समस्या हुन् भन्ने मान्यता हाम्रो संगठनले राख्छ । राज्यले मनपरी ढंगले आम मान्छेको जीवनमा असर पर्ने गरी काम गरिरहेको छ । त्यस विरुद्ध संगठनले कठोर संघर्ष गर्नेछ,’ उनले भने, ‘आम नागरिकका मुद्दासँग जोडिएर अखिल क्रानितकाकरीले आन्दोलन गर्दै आएको छ । सरकारको मनपरी विरुद्ध खब पनि क्रान्तिकारी सडकमा हुनेछ । जसले मुर्झाउँदै गरेको आन्दोलनको साखलाई जोगाउने छ । उनले विद्यार्थी आन्दोलन सिंहदरबारमा बिक्री भइरहेको भन्दै सडकमा ल्याउने पनि घोषणा गरे ।

प्रकाशित : असार १३, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्

धन्सारमा आगलागी हुँदा ६ बाख्रा मरे

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिकास्थित धन्सारमा आगलागी हुँदा बाँधेर राखिएका ६ वटा बाख्रा मरेका छन् । एउटा भैंसी घाइते भएको छ ।

बेंसीसहर नगरपालिका ३, दनाइँगाउँका शिवलाल श्रेष्ठको धन्सार गोठमा आगलागी हुँदा गोठभित्र खोरमा रहेका एउटा बोयरसहित २ बोका, ३ वटा खसी र १ वटा माउबाख्रा जल्नुका साथै निस्सासिएर मरेको प्रहरीले जनाएको छ । एउटा भैंसीको उपचार भइरहेको छ ।

सोमबार बिहान भएको घटनामा धन्सार गोठमा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार क्षतिको विवरण अझै पनि यकिन भइसकेको छैन । उनका अनुसार आगलागीलाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले ६ वटा बाख्रा र एउटा भैंसीसहित गोठमा क्षति भएको जानकारी दिए । घटनास्थलमा पुगेका उनले धेरै पशुचौपायको क्षति भएकाले नगरपालिकाले केही आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : असार १३, २०७९ २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×